२०८२ साल श्रावण १० गते शनिबारः यस्ताे छ आजकाे राशिफल

315 Shares

काठमाडौं । २०८२ साल श्रावण १० गते शनिबार तदनुसार २६ जुलाई २०२५ । द्वितीय तिथी ४४ घडी ५६ पला उप्रान्त तृतीया तिथी प्रारम्भ हुनेछ। अश्लेषा नक्षत्र ३० घडी ७ पला उप्रान्त मघा नक्षत्र प्रारम्भ हुनेछ। सिद्धयोग बायव करण आज बिहान सूर्योदय ५:२४ मा भयो भने सूर्यास्त बेलुका ६:५५ मा हुनेछ । आज शनिबार चन्द्रमा कर्कट राशिमा ।

मेष राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्ने छ । मानसम्मानमा बृद्धि भएर जानेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । व्यवसायमा सफलता पाइने योग छ।

वृष राशि
आकस्मिकरूपमा धन लाभ मिल्ने देखिन्छ । प्राविधिक कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। काममा प्राप्त सफलताले गर्दा ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

मिथुन राशी
बोलीमा कठोर त आउने देखिन्छ । अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। वैदेशिक कामबाट घाटा बेहोर्नु पर्दा मानसिक तनाव बढेर जानेछ।

कर्कट राशि
पराक्रममा बृद्धि भएर जाने देखिन्छ । काममा ढिलासुस्ती भएतापनि सफलता प्राप्त हुनेछ ।पारिवारिक सरसहयोगले लामो दुरीको योग रहेको छ। स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ।

सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। लेखनशैलीमा कमी आउनुका साथै राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।

कन्या राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ । विवादको अन्त्य भएर जानेछ । शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ। ठूला व्यक्तिको प्रशंसनीय भनिनेछ ।

तुला राशि
दाजुभाइमा अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्नेछ । पठनपाठनमा बाधा आउने देखिन्छ । कृषि तथा चौपायबाट घाटा बेहोर्नु पर्दा मानसिक तनाव बढेर जाने देखिन्छ। 

वृश्चिक राशि
पारिवारिक मनमुटावले गरिरहेको काममा बाधा आउने देखिन्छ । शत्रुपक्षबाट जोगिनुपर्ने देखिन्छ । आर्थिक क्षेत्रमा केही उतारचढाव आउनाले मानसिक तनाव बढ्ने देखिन्छ।

धनु राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । अध्यात्मिक क्षेत्रमा मन जाने देखिन्छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । न्यायिक कार्यमा तपाईँकै जित हुने देखिन्छ।

मकर राशि
राजनीति क्षेत्रबाट सफलता पाइने योग छ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ। नयाँ कार्यको थालनी हुनेछ । साथीभाइको सरसहयोगले रोकेका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।

कुम्भ राशि
व्यर्थमा झैझगडाको सामना गर्नुपर्नेछ । रोजगारीमा बाधा आउनुका साथै मानसम्मानमा समेत आँच आउने देखिन्छ । बोलीमा कठोरता आउने देखिन्छ । सजग रहनुहोला।

मीन राशि
कार्यमा सफलता पाइने योग छ। आयआर्जनमा वृद्धि हुनुका साथै लेखन एवं धार्मिक कार्यमा तीव्रता हुनेछ । उच्च पदस्थ व्यक्तिबाट मानसम्मान पाइनुले मनमा उत्साह बढेर जानेछ।