काभ्रेपलाञ्चोक । पहिरो र लेदोका कारण तीन स्थानमा अवरुद्ध भएको बीपी राजमार्ग आज बिहान ८:३५ बजेबाट सुचारु भएको छ । तर जाेखिम भने कायमै रहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ।
गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको थियाे । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै साे राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।
सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए । उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेकोमा अहिले भने सुचारु भएकाे छ ।
तस्बीरः जिल्ला प्रहरी कार्यालय, धुलिखेल ।
फेसबुकबाट तपाईको प्रतिक्रिया