काभ्रे । काभ्रेपलाञ्चोककाे रोशी गाउँपालिका-९ पिन्थलीमा लोदोसहितको पहिरो खस्दा आइतबार साँझदेखि अवरूद्ध भएको बीपी राजमार्ग साेमबार बिहानदेखि संचालनमा आएकाे छ।
खहरे खोलाको लेदोसहितको बाढीले आइतबार साँझ साढे ६ बजेदेखि दुईतर्फी सडक अवरूद्ध भएकोमा जेसिबीकाे सहयाेगमा आज बिहानदेखि सडक दुवैतर्फी संचालनमा आएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले बाटो खुलाउने पहल गरेकाे थियाे ।
गत असोज १० देखि १३ गतेसम्मको बाढीले बीपी राजमार्ग क्षतिग्रस्त बनाएको थियो। उक्त सडक खण्डको १३ किलोमिटर भाग कटान नै गरेपछि बनाउन ठेक्का आह्वान भएको छ। अहिले उक्त राजमार्ग अस्थायी तरिकाले संचालन गरिँदै आएकोमा सडक खण्डका खोला, खोल्सीमा भेलबाढी आउनेबित्तिकै गाडीहरूको आउजाउ रोकिने गरेको छ।
बाढी पहिरोको जोखिमलाई ध्यानमा राख्दै एक महिनाका लागि काभ्रेभञ्जाङ-भकुण्डे हुँदै सिन्धुली जाने यात्रुबाहक सवारी साधनलाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म संचालनमा रोक लगाइएको छ। यहाँ असार २२ गतेदेखि थप एक महिनाका लागि यात्रुबाहक सवारी साधन संचालनमा रोक लगाइएको हो।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला
फेसबुकबाट तपाईको प्रतिक्रिया