सम्पादक समाजद्वारा सिन्धुपाल्चोककाे  गुफाडाँडामा पदयात्राकाे आयाेजना (भिडियाेसहित)

654 Shares
  • ज्ञानमणि नेपाल कालाेटाेपी

गुफाडाँडा (सिन्धुपाल्चोक) । सम्पादक समाज नेपालले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि सजग गराउने उद्देश्यले शनिबार पत्रकार पदयात्रा-२ सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका-९ को गुफाडाँडामा सम्पन्न गरेको छ । 

काठमाडौंबाट करिब ५४ किलोमिटरको दूरीमा रहेको गुफाडाँडा पदयात्रामा विभिन्न सञ्चार माध्यमका १०० जनाभन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो । पदयात्रामा काठमाडौंका अतिरिक्त नुवाकोट, काभ्रेपलाञ्चाेक र सिन्धुपाल्चोकका पत्रकारको उल्लेख्य सहभागीता थियो । 

517937177_25029698659964025_333766344494116527_n.jpg

गत वर्ष नुवाकाेटकाे शिवपुरीमा रहेकाे लाैके झरनामा पदयात्रा गरेकाे सम्पादक समाजले याे पटक भने सिन्धुपाल्चाेककाे गुफाडाँडामा कार्यक्रम गरेकाे हाे । गुफाडाँडाकाे पर्यटकीय महत्व झल्काउने र उहाँ लुकेर बसेका विषयहरु जनमानसमा ल्याउन सहयाेग पुग्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे आयाेजक सम्पादक समाजका महासचिव श्याम डाेटेलले जानकारी दिनुभयाे । उहाँले स्थानीय उत्पादन र परिकारलाई आफ्नो पहिचान बनाउनुपर्नेमा जोड दिनुभयो । 

516938679_25029700363297188_1008291862676869243_n.jpg

516766581_25029700843297140_6614745475932704410_n.jpg

गुफाडाँडा आफैंमा मनाेरम प्राकृतिकस्थल हाे । यहाँ ०७५ साल पुस १६ र १७ गते जलवायु सम्मेलनकाे आयाेजना गरिएकाे थियाे । साे सम्मेलनलाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएकाे थियाे । यहाँ भएकाे जलवायु सम्मेलनमा देशका सबै जिल्लाका प्रतिनिधिहरु आएका थिए । साे सम्मेलनले १० बुँदे घाेषणापत्र जारी गर्दै आगामी दिनमा जलवायु परिवर्तनबाट हुन सक्ने क्षतिका बारेमा सचेत गराई नयाँ कार्यक्रमसहितकाे रणनिती तयार गर्ने जनाएकाे थियाे । त्यसयता यहाँ धेरै मन्त्री र नेताहरु पुगेका छन् । पछिल्लाेपटक बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पनि पुग्नुभएकाे थियाे । लामाले यहाँकाे पर्यटकीय विकासका लागि प्रदेश सरकारले सक्दाे सहयाेग गर्ने बताउनुभयाे तर उहाँले यस पटक एक रुपैंयाँ पनि बजेट विनियाेजन गर्नु भएन । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यसबारेमा गुनासाे गर्दै संघ र प्रदेशबाट गुफाडाँडा उपेक्षामा परेकाे बताउनुभयाे । यस वर्ष नगरपालिकाले २ कराेड बजेट छुट्याएकाे जानकारी दिँदै उहाँले आगामी दिनमा पालिकाले यसकाे मुहार फेर्न सक्दाे पहल गर्ने बताउनुभयाे । 

518129023_25029703743296850_5908601266583324623_n.jpg

518176265_25029706603296564_3968161986630156582_n.jpg

516883361_25029708476629710_5641171378751290358_n.jpg

स्थानीय क्याैलेठाना आधारभूत विद्यालयमा आयाेजित कार्यक्रममा मेलम्ची वडानम्बर ९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाकाे महत्व र इतिहास निकै पुरानाे भएकाले यसमा सबैकाे सहयाेग आवश्यक रहेकाे बताउनुभयाे । उहाँले यहाँसम्म जाने सडक निर्माण र यहाँ राखिएका ७७ वटै जिल्लाका झण्डालाई व्यवस्थित बनाउन वडाले साेचिरहेकाे बताउनुभयाे । उहाँले प्रकृतिले दिएको हरियाली सुन्दरतासँगै त्यहाँबाट देखिने अनेकन हिमशृङ्खलाले गुफाडाँडा थप मनमोहक रहेको बताउनुभयो । 

518251596_25029709916629566_6546245326352662300_n.jpg

पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले यहाँको विकास र समृद्धिका लागि पत्रकारका तर्फबाट सदैव साथ रहने प्रतिबद्धता जनाउनुभयो । पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइरालालगायत काठमाडौँबाट एक सय जनाभन्दा बढी पत्रकारको सहभागिता थियो । पदयात्रामा निस्केका पत्रकारलाई शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितले पनि एक समारोहकाबीच स्वागत तथा सत्कार प्रदान गर्नुभएको थियो ।   

516838408_25029714416629116_7488801166797387395_n.jpg

517530542_25029713919962499_7555327163350875920_n.jpg

पत्रकार पदयात्रा-२ आयोजना गर्न सहयोग गर्नुहुने शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलम्ची-९ का वडा अध्यक्ष किरणदीप खड्का र शिखर इन्स्योरेन्स कम्पनीलगायतप्रति आयाेजक सम्पादक समाजले आभारसहित धन्यवाद ज्ञापन गरेकाे छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयाेजकले जनाएकाे छ ।

517407979_1420625592489817_8549597857488300539_n.jpg

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला