ओमानकाे जेलमा २५ नेपाली, अधिकांश वित्तीय ठगीमा संलग्न

301 Shares

काठमाडौं । धन कमाएर परिवार पाल्ने सपना लिएर ओमान पुगेका नेपालीहरूमध्ये २५ जना जेल जीवन बिताइरहेका छन् । 

मस्कटस्थित नेपाली दूतावासका द्वितीय सचिव विशेषकुमार साहका अनुसार २५ जना नेपाली ओमानका विभिन्न जेलमा रहेका छन् । जसमा ३ महिला र २२ जना पुरुष छन् ।

उनीहरूमध्ये अधिकांश वित्तीय ठगीसम्बन्धी केसका छन् । ‘अन्य केही जरिवानासम्बन्धी मुद्दामा जेलमा रहेका छन्, व्यक्तिको स्वार्थका कारण थोरै समयमा धेरै पैसा कमाउने लोभमा नेपालीहरू फस्ने र जेल पर्ने गरेका छन्,’ उनले भने । 

दूतावासले केही गर्नुपर्छ भन्ने उद्देश्य लिएर ओमन आएकाले गैरकानुनी काम नगरी घर परिवारलाई सम्झिएर काम गर्न पनि अनुरोध गरेको छ ।राजधानीबाट