२०८२ साल आषाढ २९ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

230 Shares

काठमाडाैं । २०८२ साल आषाढ २९ गते आइतबार तदनुसार १३ जुलाई २०२५ तृतीया तिथी ४९ घडी २० पला उप्रान्त चतुर्थी तिथी प्रारम्भ  हुनेछ । श्रवण  नक्षत्र ५ घडी २८ पला उप्रान्त धनिष्ठा प्रारम्भ हुनेछ । पृति योग बब करण आज बिहान सूर्योदय ५ः१८ मा भयो भने सूर्यास्त ७:० मिनेटमा हुनेछ । आज आइतबार चन्द्रमा मकर राशिमा ।

मेष राशि
झुठा आरोपको सामना गर्नुपर्नेछ । आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। बोलीमा कठोरता आउनुका साथै विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ ।कृषि तथा चौपायाबाट हानी हुने देखिन्छ।

वृष राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ । अनावश्यकरुपमा विवादको सामना गर्नुपर्ने योग छ। अर्काले अर्को काममा सहयोग गर्नुपर्दा आफ्नो काममा बाधा आउने देखिन्छ । सजग रहनुहोला।

मिथुन राशि
अधुरा काम पूरा भएर जानेछन् । मानसम्मानमा वृद्धि भएर जानेछ । बोलीमा मिठास छाउनुका साथै जग्गा जमिनसम्बन्धी कामबाट प्रशस्त लाभ लिन सकिनेछ। पारिवारिक सरसहयोग पाइने योग छ। 

कर्कट राशि
न्यायिक कार्यमा सफलता मिल्नेछ । पतिपत्नीबीच माधुर्यता छाउने छ । मानसम्मानमा वृद्धि भएर जानेछ। जग्गा जमिनबाट प्रशस्त लाभ लिन सकिनेछ। नयाँ कार्यको थालनी हुनाले मनमा खुशी छाउनेछ।

सिंह राशि
आँखासम्बन्धी समस्याले सताउनेछ । चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ। अनावश्यक विवादमा फसिने योग छ । सामाजिक कार्यमा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ ।

कन्या राशि
मातृ स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ । जागिरमा अपजसको सामना गर्नुपर्नेछ ।आफन्तमा धोका पाइनुका साथै वैदेशिक कार्यमा केही कमी आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।

तुला राशि
सामाजिक कार्यमा सहभागी भइनेछ । मानसमानमा बृद्धि भएर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । प्राविधिक क्षेत्रबाट राम्रै आम्दानी गर्न सकिनेछ । कृषि कार्यमा सफलता पाइने योग छ ।

वृश्चिक राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । सन्तानको सुख प्राप्त गरिनेछ। पराक्रम बढेर जानेछ । आर्थिक क्षेत्रमा सुधार भएर जानुका साथै धार्मिक यात्राको अवसर मिल्नेछ । भोज भतेरमा सहभागी हुने अवसर जुट्नेछ ।

धनु राशि
बोलीको प्रभाव बढेर जानेछ । पठनपाठनमा सफलता मिल्नुका साथै स्वास्थ्यमा सुधार भएर जानेछ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। प्रेम गर्ने अवसर जुट्ने छ ।

मकर राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। सौन्दर्यतामा मन जानेछ लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ।
 
कुम्भ राशि
आयमा वृद्धि कार्यमा प्रगति हुनाले मनमा उत्साह बढेर जानेछ। मानसम्मान पाइने योग छ ।दाम्पत्य जीवनमा खुसियाली छाउने छ। पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ। 

मिन राशि
नयाँ कार्यको थालनी हुनेछ । शैक्षिक कार्यमा सफलता पाइने योग छ। शेयर बजारबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखनशैलीमा तीव्रता आउनाले मनमा खुसी छाउनेछ।