काभ्रे । काभ्रेकाे नमाेबुद्ध नगरपालिका-२ स्थित सेल्फीडाँडामा स्कुल बसले माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकलमा सवार दुई जनाकाे मृत्यु भएकाे छ।
मंगलबार साँझ ७ः३० बजे नमाेबुद्ध नगरपालिका-२, बीपी राजमार्गमा नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको बा.४ ख ७१ नम्बरको सगुन विद्या मन्दिरको स्कुल बस र विपरित दिशाबाट आउँदै गरेको बा ७१ प ६८८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएकाे भकुण्डेवेशी प्रहरी चौकीले जनाएकाे छ ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रे नमोबुद्ध न.पा.वडा नम्बर-२ बस्ने बर्ष २३ को पासाङ तामाङ र मोटरसाइकलकाे पछाडि सवार साेही ठाउँ बस्ने बर्ष २२ को विजय तामाङ गम्भिर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल लगिएकाेमा दुवै जनाकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । बस चालक फरार रहेका र उनकाे खाेजी भइरहेकाे छ भने माेटरसाइकललाई ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेकाे बताइएकाे छ ।
घटनास्थलमा प्रहरी चाैकी भकुण्डेबाट प्रहरी नायब निरिक्षक गोपाल खड्काको कमाण्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरिक्षक मेहेङ्गी ल्हामु तामाङको कमाण्डमा १० जनाको टोली खटिएकाे छ । यस विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया