पत्रकार नवराज बजगाईंलाई राष्ट्रिय श्रष्टा प्रतिष्ठानको सम्मान

112 Shares

काठमाडौं । अग्रज सञ्चारकर्मी नवराज बजगाईं काठमाडौंमा सम्मानित भएका छन् । 

शनिबार किम्ची बैन्क्युट अनामनगर  काठमाडौंमा आयोजित राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपालको दोश्रो साधारणसभाको अवसरमा बजगाईंलाई पत्रकारितामार्फत गीत संगित र कला क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ गितकार राजेन्द्र थापा, वरिष्ठ कलाकार मोहन निरौला, वरिष्ठ संगितकारहरु डा.टिका भण्डारी, अष्ट लामा, डा. ओमकृष्ण प्रसाई, गितकारहरु डिबी थापा, माधवराज खरेल र  राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र बजगाईंलगायतले प्रमाण–पत्र प्रदान गरेका थिए । 

पत्रकार महासंघ काभ्रेका पूर्वउपाध्यक्ष, प्रेस चौतारी काभ्रेका पूर्वअध्यक्ष र हाल प्रेस चौचारी नेपालका केन्द्रीय सदस्य रहेका बजगाईं नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डटकमका सञ्चालक/प्रधान सम्पादक हुन् । सोहि अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्य, अग्रज सञ्चारकर्मी डब्बु क्षत्रीलगायतलाई पनि सम्मान गरिएको थियो ।