नाला सडकखण्डमा पुल भाँचिएर अवरुद्ध सडक आज सुचारु नहुने (भिडियाेसहित)

164 Shares

काभ्रे । बनेपा हुँदै भक्तपुरसम्म जाने बैकल्पिक मार्ग भक्तपुर–नाला सडकखण्ड अन्तर्गत नाला पुलबजारमा रहेको पुल भाँचिएर अवरुद्ध सडक आज सुचारु नहुने भएकाे छ ।

बिहानदेखि ह्वीमपाइप राखेर अस्थायीरुपमा यातायात संचालनकाे प्रयास गरिएपनि साँझसम्म काम नसकिएकाले यहाँ आज यातायात सुचारु हुन नसक्ने भएकाे हाे ।

नाला २.jpg

पुल भाँचिएसँगै यो सडक यतिबेला पूर्णरुपमा अवरुद्ध भएकाे छ । यसअघि नै जीर्ण रहेको यो पुल गए रातिको अविरल वर्षासँगै भाँचिएको प्रहरीले जनाएको छ ।

काठमाडौं, भक्तपुर हुँदै राजधानी बाहिर जाने हलुका सवारी साधनहरुले यो सडक प्रयोग गर्ने गरेका थिए । तर अरनिकाे राजमार्गकाे सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माण कार्य भइरहेकाले यो सडकमा पछिल्ला केही महिनायता ठूला सवारी साधनहरु पनि गुड्ने गरेपछि जीर्ण रहेको पुल भाँचिएको हाे । 

नाला६.jpg

शुक्रबार पनि अरनिकाे राजमार्गकाे साँगामा पहिराे गएसँगै नाला सडकमा सवारीकाे अत्याधिक चाप थियाे । अस्थायीरुपमा कल्भर्ट निर्माण गरेर सडक सूचारु गर्ने प्रयास भए पनि याे भरपर्दाे भने देखिएकाे छैन । 

नाला १.jpg

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला