अरनिकाे राजमार्गकाे विकल्प भनिएकाे नाला सडककाे पुल भाँचियो, यातायात अवरुद्ध

211 Shares

काभ्रे । बनेपा हुँदै भक्तपुरसम्म जाने बैकल्पिक मार्ग भक्तपुर–नाला सडकखण्ड अन्तर्गत नाला पुलबजारमा रहेको पुल भाँचिएको छ ।

पुल भाँचिएसँगै यो सडक यतिबेला पूर्णरुपमा अवरुद्ध भएकाे छ । यसअघि नै जीर्ण रहेको यो पुल गए रातिको अविरल वर्षासँगै भाँचिएको प्रहरीले जनाएको छ ।

515491132_24957943213806237_8893411706127153453_n.jpg

काठमाडौं, भक्तपुर हुँदै राजधानी बाहिर जाने हलुका सवारी साधनहरुले यो सडक प्रयोग गर्ने गरेका थिए । तर अरनिकाे राजमार्गकाे सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माण कार्य भइरहेकाले यो सडकमा पछिल्ला केही महिनायता ठूला सवारी साधनहरु पनि गुड्ने गरेपछि जीर्ण रहेको पुल भाँचिएको हाे । 

515109725_24957553170511908_7486802978320453711_n.jpg

शुक्रबार पनि अरनिकाे राजमार्गकाे साँगामा पहिराे गएसँगै नाला सडकमा सवारीकाे अत्याधिक चाप थियाे । अस्थायीरुपमा कल्भर्ट निर्माण गरेर सडक सूचारु गर्ने प्रयास भए पनि याे भरपर्दाे भने देखिएकाे छैन । 

514866013_24957942817139610_1085319805511211611_n.jpg