
धुलिखेल । बीपी राजमार्गबाट भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधन एक महिनाका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म निषेध गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले आज एक सूचना प्रकाशित गर्दै यसकाे जानकारी दिएकाे हाे । याे निर्णय असार २२ गतेदेखि एक महिनासम्म लागू हुने सूचनामा उल्लेख छ ।
'हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (वाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले त्यस्ता विपद्जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाको लागि जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकको मिति २०८२/०३/१८ को निर्णयानुसार वीपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई मिति २०८२/०३/२२ गते साँझ ०६:३० बजेदेखि बिहान ०५:०० बजे सम्म १ (एक) महिनाको लागि निषेध गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।' काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेकाे सूचनामा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया