पत्रकार बजगाईंको जन्मदिनमा मानव कल्याण समाजलाई आर्थिक र खाद्यान्न सहयोग

398 Shares

बनेपा । नव क्षितिज साप्ताहिकको रजत वर्ष र यसका प्रधानसम्पादक, अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईंको जन्मदिन धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ५२ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडा र नगद २५ हजार हस्तान्तरण गरेर मनाइएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाबाट निरन्तर प्रकाशित नव क्षितिज साप्ताहिक २०८२ बैशाख ८ गतेबाट २५ वर्ष प्रवेश गरेकोमा वर्षभरी रजत वर्ष मनाउने कार्यक्रम तथा नव क्षितिज साप्ताहिकका प्रकाशक/ प्रधानसम्पादक र राम्रो सन्देश डट कमका प्रधानसम्पादक रहेका नवराज बजगाईंको असार १८ गते र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी बुधबार धुलिखेलमा रहेको मानव कल्याण समाजको सेवा घर शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडाहरू र नगद सहयोग गरेका हुन् । उनले गत वर्षका जन्मदिन र अवसरहरूमा पनि यही सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दै आएका छन् ।

कार्यक्रममा बनेपा नगरपालिकाका उप–प्रमुख बिमला सापकोटा दाहाल, नव क्षितिज साप्ताहिकका नवराज बजगाईं, अरबिन्द्र गौतम, दिपक राउतलगायतले धुलिखेल–१२ का पूर्व वडा अध्यक्ष एवं सेवा घर व्यवस्थापन समितिका संयोजक हर्कसिं तामाङलाई पच्चिस हजारको चेक हस्तान्तरण गरेका थिए । साथै सेवा घरका अभियान्ता सुरेश र जीवनराजालाई खाद्यान्न र फलफूल तथा सरसफाईका सामग्री हस्तान्तरण गरिएको थियो । खाद्यान्न नुन, जिरा मसला, चिउरा, मस्यौरा, साबुन, डेटोल, फिनेल, सरफ, फलफूल, र लत्ता कपडा हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै पत्रकार बजगाईले सेवा घर शूरु भएदेखि नै यहिँ आएर सक्दो सहयोग गर्ने गरेको बताए । देखाउन भन्दा पनि समाजलाई सु–संस्कृत सिकाउन यसो गरेको भन्दै आफूले शुरु गरेपछि देखेर, सुनेर र सिकेर धेरैले जन्मदिन सेवा घरमा वा अरु कुनै सामाजिक काम गरेर मनाउन थालेको भन्दै खुशी व्यक्त गरे ।

4a81c4b0-6d7e-40d3-b92d-f3ffbc701b51.jpg

धुलिखेल–१२ का वडा अध्यक्ष मोहनप्रसाद लामिछानेको अध्यक्षता र मानव कल्याण समाजकी अध्यक्ष सुमी मानवको सञ्चालनमा भएको कार्यक्रममा धुलिखेल–१० का वडा अध्यक्ष गोबिन्द भण्डारी, बनेपा–५, का वडा अध्यक्ष बलराम अधिकारी, बनेपा–१०, का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, बनेपा–११, का वडा अध्यक्ष शिव थापा,  एमाले धुलिखेल अध्यक्ष दयाराम महत, युवा समाजसेवीहरु बोदनाथ बजगाई, दामोदर बजगाई, सञ्चारकर्मीहरु अरबिन्द्र गौतम, दिपक राउत, राज तिमल्सिना सामाजिक अभियान्ताहरु राजन अधिकारी, रुपेश काफ्ले, सूर्य श्रेष्ठ, रमा सुवेदी, सूर्य थापा, सुवास बजगाई, राज तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाई सुमी मानवले सडक तथा सार्वजनिकस्थलमा कष्टकर जीवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको जानकारी गराइन् । उनका अनुसार धुुलिखेलमा ५२ जनासहित बिभिन्न ६ शाखामा गरी अहिले ४ सय भन्दाबढी आश्रित रहेका छन् । मानव कल्याण समाजको उदेश्य नै खाना, नाना र छाना बिहिनहरुको उद्धार गर्नु रहेकोले मानविय कार्यमा जोडिन सबैमा आग्रह गरिन् । मानवीय सेवाको लागि ८ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो ।