अवरुद्ध बीपी राजमार्ग दुवैतर्फ सुचारु

358 Shares

काभ्रे । काभ्रेकाे रोशी गाउँपालिका-९ नार्केस्थित बीपी राजमार्ग सडक खण्डमा अविरल बर्षाका कारण सडकमाथिबाट लेदो आई सडक दुबैतर्फी अवरोध भएकाेमा राति पाैने ९ बजे सुचारु भएकाे छ । 

साँझ ५ बजेतिर सडक दुवैतर्फ अवरुद्ध भएकाे थियाे । त्यस लगत्तै उक्त स्थानमा इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी टोली गई सडक विभागको जेसिबीद्वारा लेदो पन्छाउने कार्य भइरहेको थियाे । 

करिब २ घन्टाकाे प्रयासपछि एकतर्फी यातायात सुचारु भएकाे थियाे । अहिले भने दुवैतर्फ सुचारु भएकाे जिल्ला प्रहरी कार्यालय, काभ्रेले जानकारी दिएकाे छ । यद्यपी यहाँ जाेखिम कायमै भएकाे र सतर्कता अपनाउन पनि प्रहरीले अनुराेध गरेकाे छ।