२०८२ साल आषाढ १५ आइतबारः यस्ताे छ आजकाे राशिफल

308 Shares

काठमाडौँ। २०८२ साल आषाढ १५ आइतबार तदनुसार २९ जुन २०२५ । चतुर्थी  तिथी  १६ घडी ४७ पला उप्रान्त पन्चमी  तिथी प्रारम्भ  हुनेछ । अत्लेषा नक्षत्र ११ घडी २२ पला उप्रान्त मघा नक्षत्र प्रारम्भ हुनेछ । बरियान योग बयब करण आज बिहान सूर्योदय ५ः१२ मा भयो भने सूर्यास्त ७:२ मिनेटमा हुनेछ। आज आइतबार चन्द्रमा कर्कट राशिमा ।

मेष राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। नयाँ कार्यको थालनी हुनेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।

वृष राशि
पारिवारिक सरसहयोगले नयाँ योजनाहरू तयार भएर जानेछ । लेखनशैलीमा तिव्रता आउनेछ। नयाँ साथीको आगमनले मनमा उत्साह बढेर जाने देखिन्छ । कार्यमा सफलता मिल्नेछ ।

मिथुन राशि
आँखासम्बन्धी समस्याले सताउने छ । गरिरहेको काममा ढिलासुस्ती भएर जाने देखिन्छ । मानसम्मानमा आघात पुग्नेछ। शैक्षिक क्षेत्रमा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ।

कर्कट राशि
सामाजिक कार्यमा समय व्यतित हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ ।भोजभतेरमा सामेल हुने अवसर मिल्नुका साथै नयाँ साथीको आगमनले मनमा खुसी छाउनेछ।

सिंह राशि
गरिरहेको काममा अपजसको सामना गर्नुपर्नेछ । बोलीमा कठोरता आउनेछ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नु पर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ।

कन्या राशि
कृषि तथा धातुसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ पारिवारिक सहयोगले नयाँ कार्यको थालनी हुनेछ। आम्दानीका नयाँ बाटाहरूको सुरुवात हुनाले मनमा खुसी छाउने छ।

तुला राशि
मातृ स्वास्थ्यमा शिथिलता प्राप्त हुनेछ । टाउको दुख्ने समस्याले सताउने देखिन्छ । शारीरिक दुर्बलताले गर्दा काममा बाधा आउनुका साथै आकस्मिक खर्चको मात्रा बढेर जानेछ।

वृश्चिक राशि
अनावश्यक विवादमा फसिने योग छ । काममा ढिला सुस्ती भएर जानेछ। लेखनशैलीमा कमी आउने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका हुनाले मनमा चिन्ता बढेर जानेछ। 

धनु राशि
झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ । आर्थिक लेनदेनमा विवादको सिर्जना हुनेछ । मातृ स्वास्थ्यमा शिथिलता आउने देखिन्छ । धार्मिक कार्यमा बाधा आउनेछ।

मकर राशि
लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्ने देखिन्छ।

कुम्भ राशि
काममा ढिलासुस्ती भएर जानेछ । स्वास्थ्यमा केही कमी आउनुका साथै प्रेमीप्रेमी प्रेमिकाबीच मनमुटावको सिर्जना हुने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ।

मीन राशि
अध्ययनमा सफलता पाइने योग छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । साथीभाइको सहयोगले नयाँ कार्यको थालनी हुनाले ठूला व्यक्तिले समेत प्रशंसा गर्न थाल्नेछन्।