काभ्रे । काभ्रेकाे पाँचखाल नगरपालिका-६ हनुमानगढीस्थित अरनिको राजमार्ग सडक खण्डमा काठमाडाैँबाट मेलम्चीतर्फ जाँदै गरेको बा २ ख ३२६५ नम्बरको बस आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइते मध्ये मण्डनदेउपुर नगरपालिकाका ७ र पाँचखाल नगरपालिकाका १ जना रहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ । दिउँसाे साढे २ बजेतिर भएकाे दुर्घटनामा घाइते सबैकाे पाँचखाल पोलिक्लिनिकमा उपचार भइ डिस्चार्ज भएका र सवारी चालक सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ३० का मनाेज बराइली प्रहरी चाैकी पाँचखालकाे नियन्त्रणमा रहेका छन् ।

घाइते हुनेमा काभ्रेकाे मण्डनदेउपुर नगरपालिका-४ बस्ने बर्ष ४० का यज्ञबहादुर अर्याल, साेही नगर वडा नम्बर ९ बस्ने बर्ष ६४ का रामकुमार सापकोटा, साेही ठाउँका बर्ष ६५ की चमेली सापकोटा, वडा नम्बर ८ बस्ने बर्ष २५ को रेशम राई, साेही वडा बस्ने बर्ष २४ को सविन राई, वडा नम्बर ३ बस्ने बर्ष ५१ को धावादोर्जे तामाङ, वडा नम्बर ६ बस्ने बर्ष १४ का आर्यास राई तथा पाँचखाल नगरपालिका ६ बस्ने बर्ष २२ की सरला मिश्र रहेकाे प्रहरीले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया