काभ्रेकाे पाँचखालमा बालुवा बोकेको टिपरमा आगलागी

770 Shares

काभ्रेपलाञ्चोक । काभ्रेकाे पाँचखालमा बाबुला बोकेको टिपरमा आगलागी भएको छ ।

पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको प्रहरीले जनाएकाे छ । 

 प्रहरीका अनुसार एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको हाे ।

आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।