काभ्रेकाे बेथानचाेकमा  बस दुर्घटना हुँदा एक जनाको मृत्यु

627 Shares

बेथानचाेक । पनौतीबाट भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

बेथानचोक गाउँपालिका–६ भुग्देउ स्थित दर्के खोला नजिकै बा ३ ख ४४३५ नम्बरको यात्रु बस दुर्घना हुँदा बनेपा ९ नयाँबस्तीकी कृष्णमाया तिमल्सिनाको ज्यान भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

बसमा ९ जना यात्रु थिए । बसमा रहेका अन्य यात्रु भने सामान्य घाइते भएका छन् । दुर्घघटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे  छ ।