आजकाे पञ्चाङ्ग र राशिफल यस्ताे छ

340 Shares

काठमाडौं । २०८२ साल जेठ ९ गते शुक्रबार। तदनुसार २३ मे २०२५ एकादशी तिथी ३३ घडी ३५ पला उप्रान्त द्वादशी तिथी प्रारम्भ  हुनेछ । उत्तर नक्षत्र १८ घडी २७ पला रेवती नक्षत्र प्रारम्भ हुनेछ । आज बिहान सूर्योदय ५ः१४ मा भयो भने सूर्यास्त ६ः४९ मिनेटमा हुनेछ।

आज शुक्रबार चन्द्रमा मीन राशिमा ।

मेष राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । आयमा कमी विद्यामा बाधा आउनेछ। व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ । पैत्रिक सम्पत्तिमा विवादको सामना गर्नुपर्नेछ। पठनपाठनमा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।

वृष राशि
सामाजिक कार्यबाट लाभ लिन सकिनेछ । दाजुभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ । लेखनशैलीमा तीव्रता आउने छ । पुराना साथीभाइको भेटघाट हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ।

मिथुन राशि
अध्ययन अध्यापनमा बाधा आउने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्नेछ। आर्थिक क्षेत्रमा कमी आउनाका साथै बाेलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ।

कर्कट राशि
जग्गा जमिनसम्बन्धी काममा बाधा आउनेछ। अनावश्यक विवादको सामना गर्नुपर्ने देखिन्छ । पारिवारिक कलह बढेर जानाले मनमा चिन्ता बढेर जानेछ । स्थानीय सम्पत्तिमा विवाद आउने देखिन्छ, सजक रहनुहोला।

सिंह राशि
लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । शैक्षिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ । मानसम्मानमा वृद्धि हुनाका साथै वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। सबैको विश्वास जित्न सकिनेछ ।

कन्या राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ । लेखनशैलीमा वृद्धि भएर जानेछ। पशु तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। साथीभाइको सरसहयोगले कार्यमा सफलता मिल्ने देखिन्छ । 

तुला राशि
शारीरिक अवस्थाले सताउने देखिन्छ । कार्यमा बाधा आउने देखिन्छ । अनावश्यक विवाद बढेर जाने देखिन्छ । पठनपाठनमा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ। धार्मिक कार्यमा बाधा आउने देखिन्छ ।

वृश्चिक राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । धार्मिक कार्यमा बाधा आउने देखिन्छ । पतिपत्नीबीचमा कलह बढेर जानाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।

धनु राशि 
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बोलीको प्रभाव बढेर जानेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । धार्मिक कार्यतर्फ मन जानाले सबैको विश्वास जित्न सकिन्छ ।

मकर राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । प्रेमी प्रेमीकाबीच माधुर्यता छाउनेछ। वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। । साझेदारी काममा प्राप्त सफलताले मनमा खुसी छाउनेछ। अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।

कुम्भ राशि
गरिरहेको काममा बाधा आउनेछ। गुप्ताङ्गसम्बन्धी समस्याले सताउनेछ। विद्यामा बाधा आउने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सञ्चित धनको नाश हुनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।

मीन राशि
न्यायिक काममा सफलता पाइने योग छ। विपरित लिङ्गीबाट प्राप्त सरसहयोगले मनमा उत्साह बढेर जाने देखिन्छ । सौन्दर्यमा मन जानेछ। मान सम्मानमा वृद्धि भएर जानुका साथै लामो दोहोरीको यात्राको योग छ।