जलवायु नेतृत्वमा नेपाल दृढ छः वनमन्त्री ठकुरी

511 Shares

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु नेतृत्वमा नेपाल दृढ रहेको बताउनुभएको छ । 

शुक्रबारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतिका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गर्नुभएको हो । उहाँले जलवायु कार्यलाई राष्ट्रिय योजनामा समाहित गर्दै न्याय – केन्द्रित दृष्टिकोणलाई अंगालेको बताउनु भयो । उहाँले नेपालका राष्ट्रिय जलवायु परिवर्तन नीति र राष्ट्रिय अनुकुलन योजनाले कृषि, ऊर्जा, पानी, पूर्वाधार र जैविक विविधता केन्द्रित क्षेत्रीय रणनीतिहरुसहित जलवायु समानुकुलनतर्फ स्पष्ट मार्गचित्र प्रश्तुत गरेको बताउनु भयो । 

उपेक्षित रहेका महिला, आदिवासी तथा युवाका आवाजलाई जलवायु बहसमा सुनिश्चत गर्दै स्थानीय अनुकुलन कार्ययोजना अन्तर्गत विकेन्द्रीकृत आधारभूत खाकासहित स्थानीय जलवायु कार्यको अगुवाईका लागि स्थानीय सरकारहरूलाई सशक्त बनाइएको मन्त्री ठकुरीको दाबी छ । महिला तथा आदिवासी समुदायले धेरै हदसम्म नेतृत्व गरेको नेपालको सामुदायिक वन कार्यक्रमले कसरी प्रकृतिमा आधारित समाधानहरूद्वारा संरक्षण र मानव विकास दुबैमा योगदान दिनसक्ने बताउनु भयो । 

मन्त्री ठकुरीले नेपालको समग्र दृष्टिकोण हरित अर्थतन्त्रतर्फको न्यायसंगत रुपान्तरण, जलवायु समानुकुलन पूर्वाधार निर्माण र दिगो जीविकोपार्जन हासिल गर्नेमा केन्द्रित रहेको दाबी गर्नुभयो ।