बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा

456 Shares

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाको विश्वसनियता बढाउने गरी काम गर्न बीमा कम्पनीहरुसँग आग्रह गर्नुभएको छ।

बुधबार काठमाडौंमा नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानुपर्ने बताउनु भयो । उहाँले सुधार नियमित प्रक्रिया भएकाले अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको बीमाको विश्वसनियता बढाउनु रहेको उल्लेख गर्नुभयो । 

1747191798-BchWx.jpg

दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा आएका गुनासोहरुको सम्बोधन गर्दै जानुपर्ने बताउँदै उहाँले बीमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेको भन्दै यसले बीमाको क्षेत्रमा विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्ने बताउनु भयो । बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । 

1747191728-mfJAg.jpg

अध्यक्ष ओझाले एक वर्षको बीमाको प्राथमिकता सेवा प्रवाहमा सुधार र विश्वसनियता हुनुपर्ने बताउनु भयो ।