मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारद्वारा पूर्वतयारी शुरु

452 Shares

काठमाडाैं । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी शुरु गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले पूर्वतयारी शुरु गरेको जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विगतका वर्षमा मनसुनजन्य विपदबाट उच्च जोखिम व्यहोरेकाले यस वर्ष छिट्टै पूर्वतयारी शुरु गरेको बताउनु भयो । 

उहाँले हरेक वर्ष मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी शुरु गर्ने गरिएकोमा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी शुरु गरेको बताउनु भयो । उहाँले सुरक्षा निकाय तथा विभिन्न एजेन्सीहरुलाई पूर्वतयारीका साथ रहन आग्रह गरिएको बताउनु भयो ।

कार्यकारी प्रमुख भट्टले विपदबाट बच्न क्षति न्युनिकरणका लागि स्थानीयहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।