वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई त बुक’काे लोकार्पण

349 Shares

ललितपुर । वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई द बुक’ लोकार्पण भएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध एयरको सफलताको कथा समेटिएको बताउनु भयो । उहाँले आफूले पुस्तकमा बुद्ध एयरले कस्तो अवस्थाबाट संस्था शुरु गरेर सफलतामा पुग्नसक्यो भन्नेबारे आफ्ना विचारहरु लेखिएको बताउनु भयो । 

उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसायको व्यवस्थापनमा लाग्नेहरुका लागि पुस्तकले सिर्जनशील बन्न प्रेरणा दिने उहाँको भनाइ छ । उहाँले केही व्यक्तिहरुको सोच र सपनालाई मूर्तरुप दिन सञ्चालन शुरु गरेको बुद्ध एयरमा हाल १ हजार ५ सय कर्मचारी आवद्ध रहेको बताउनु भयो । 

पुस्तक ‘बाई त बुक’ २९  वर्षअघि सञ्चालन शुरु गरेर सफलताको शिखरमा पुगेको बुद्ध एयरको सफलताको दस्ताबेज भएको उहाँको भनाइ छ । हरेक समस्याहरुमा कर्मचारीहरु एकजुट भएर समाधानमा लागेकै कारण बुद्ध एयरले सफलता पाएको लेखक  बस्नेतको भनाइ छ ।