बनेपा । विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले शनिबार बनेपामा प्रभातफेरी कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
प्रभातफेरी बनेपाको चारदोबाटो चोकबाट चाँदनीचोक हुँदै गोदामचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरी कार्यक्रममा महासंघ आबद्ध तथा काभ्रेमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुकाे उपस्थित थियाे ।

कार्यक्रममा पूर्वअध्यक्षहरु भोजराज तिमल्सिना, ईश्वरी ओझा, महेश पौडेल, मोतिराम तिमल्सिना तथा संगठनका अध्यक्ष तथा पदाधिकारीहरु, महासंघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रभातफेरीपछि आयोजित सभालाई सम्बाेधन गर्दै शाखा अध्यक्ष विनोद न्यौपानेले पत्रकार हत्या, धम्की तथा स्वतन्त्र प्रेसमाथि विभिन्न समयमा भएका ज्यादतीहरु रोक्न सरकारलाई अनुरोध गरे ।

प्रभातफेरीपछि नसर्ने रोगहरुको निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियाे ।जसमा उमेर अनुसार तौल तथा हाईट, सुगर, प्रेसर, युरिनमार्फत मृगौला तथा शरीरका अन्य भागमा हुन सक्ने रोग र त्यसको संक्रमण, रोग अनुसारको स्वास्थ्य सेवा परामर्श उपलब्ध गराइएको थियाे ।

शिविरका लागि जनस्वास्थ्य कार्यालय काभ्रेको प्राविधिक र जिल्ला सहकारी संघको आर्थिक सहयोग रहेको शाखाका सचिव नगेन्द्र अधिकारीले जानकारी दिए । शिविरमा संलग्न पत्रकारहरुलाई उमेर अनुसारको तौल कायम राख्न परामर्श दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया