341
Shares
पाल्पा । पाल्पामा गएराति जीप दुर्घटना भएकाे छ । जसमा तीन जनाको मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।
राति १० बजे असारेबाट ठूलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेन युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भइहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया