252
Shares
काठमाडाैं । साताभर गिरावट आएको शेयर बजारमा बिहीबार सामान्य वृद्धि देखिएको छ ।
नेप्से परिसूचक २.०८ अंकले बढेर २ हजार ६५८.०२ बिन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मूल्य बढ्दा ८३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १ कम्पनीमा कुनै परिवर्तन भएन ।
१ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८७ करोडको कारोबार भएको छ । कारोबारका हिसाबले एनजीपीएल, राधी र एनआरएन सबैभन्दा अगाडि रहन पुगे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया