'मिसन ०८४' मा लाग्न युवा कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

391 Shares

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ।

बिहीबार लोकतन्त्रको स्थापना दिवसको अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा बोल्दै अध्यक्ष ओलीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले काँग्रेस–एमालेको संयुक्त सरकार स्थिरता र स्थायित्वको लागि बनेको जिकिर गर्नुभयो । 

सरकार मुलुकलाई स्यायित्व दिने ध्याउन्नमा अगाडि बढिरहेको उल्लेख गर्दै सरकारको चिन्ता नगर्नसमेत आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेको ध्यान सरकारमा नभई चुनाव केन्द्रित हुने समेत टिप्पणी गर्नुभयो । संसदको बनावट अनुसार देशलाई ठिक ढंगले अगाडि बढाउने प्रयास पार्टीले गरिरहने उहाँको दाबी छ । 

स्वदेशी तथा विदेशी तत्वहरु मुलुकलाई प्रतिगमनतिर धेकेल्ने काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।