आजपनि बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

Kmc

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँ आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढ्दै ९३ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

NLG InsuranceNECO
तेजाबी सुनको मूल्यसमेत आज तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।