काठमाडौं उपत्यकासहित देशका केही जिल्लामा वर्षा

IATA

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ ।

NECO
बुधबार राति गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा पनि गड्याङ्गुडुङसहित वर्षा भएको थियो । ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित वर्षा भएको मौसमविद् गोविन्द झाले जानकारी दिए । राति वर्षा भएकाले उपत्यकामा दैनिकी सकेर घर तथा फर्कन लागेका नागरिकहरू प्रभावित भएका थिए ।

बुधबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भएको महाशाखाले जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षा भएपछि उपत्यकामा चिसो महसुस गरिएको छ । विगत केही दिनदेखि नेपालमा मौसम बदली भएको थियो । जसका कारण बुधबार हवाई उडानसमेत प्रभावित भएको थियो ।