वैकल्पिक राजनीतिमा मुद्दा र विचार मिल्ने दलहरुसँग सहकार्य गर्छौंः डा. भट्टराई

IATA

काठमाडाैं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले शुरु गरेको विकल्पको राजनीतिले कुनै पार्टी वा विचारलाई निषेध गर्ने उद्देश्य नरहेको बताउनुभएको छ ।

NECO
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधवार काठमाडौंमा आयोजना गरेको नयाँ युगको कार्यभारः वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीको वैकल्पिक राजनीतिमा मुद्दा र विचार मिल्ने दलहरुलाई रुपान्तरण गरेरे अघि बढ्ने बताउनु भयो  । उहाँले युगको आवश्यकता अनुसार विचारसहितको वैकल्पिक राजनीति शुरु गरेको दाबी गर्नुभयो । वर्तमान दलहरुले मुलुकलाई अगाडि बढाउन नसक्ने भन्दै उहाँले नयाँ विचार र नयाँ युगलाई मार्ग प्रशस्त गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले नयाँ शक्ति पार्टी कुनै दलको विचार वा आस्थाको विरुद्धमा नभइ नयाँ युगको माग भएको दाबी गर्नुभयो ।

अध्यक्ष भट्टराईले पुँजीवाद र उद्योग धन्दाको विकास नभएसम्म देशमा उन्नत लोकतान्त्रिक प्रणाली नआउने भन्दै उद्यमशीलतालाई जोड दिनुपर्ने बताउनुभयो ।  अर्थतन्त्रको नीति अनुसार सामन्तवाद भन्दा पुँजीवाद प्रगतिशील भएको उहाँको भनाइ छ ।