काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड नबनाई पक्षधरलाई बाँडफाँट गरेको आरोप लगाउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले अमेरिकी सहयोग परियोजना युएस एडको अनुदान सहयोगसमेत आयोगको मिलोमतोमा दुरुपयोग गरिएको आरोप लगाउनु भयो । उहाँले युएस एडको सहयोग दुरुपयाेग गर्नमा आयोगका पदाधिकारीको समेत संलग्नता रहेको भन्दै आवश्यक छानविन गर्न माग गर्नुभयो ।
उहाँले आयोगको संलग्नता र अनुदान वितरणको विषयमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।