काठमाडाैं । प्रतिनिधि सभाको मंगलबारको बैठकले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ सर्वसम्मतिले अनुमोदन गरेको छ ।
बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रश्ताव पेश गर्नुभएको थियो । सो संशोधनमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले उक्त संशोधनले नेपालमा जलवायु परिवर्तन र तापमानलाई सिमित डिग्रीमा राख्नको लागि महत्वपूर्ण सावित हुने बताउनु भयो ।
संसदले किगाली संशोधन अनुमोदन गरेसँगै अबको तीन महिनाभित्र हाइड्रोफ्लोरो कार्बनको आयात र निर्यात नियन्त्रण गर्ने राष्ट्रियस्तरमा इजाजतपत्र प्रणालीको स्थापना गर्नुपर्नेछ । हाइड्रोफ्लोरो कार्बन र हाइड्रोफ्लोरो कार्बन समाविष्ट मिश्रणको उपभोग सन् २०२४ बाट आधार वर्षको तहमा सिमित राख्नुपर्ने लगायतका प्रावधान रहेका छन् ।