समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध सभा गर्ने

IATA

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

NECO
मंगलबार आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा एवं प्रतिगामी हर्कतहरुका विरुद्ध संयुक्त विरोधसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताउनु भयो ।

उहाँका अनुसार आउँदो चैत १ गते बिहान मोर्चाको बैठक बस्ने र दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै जनतामा गणतन्त्र विरोधी कदमको विरोध गर्न आह्वान गर्ने निर्णयसमेत भएको छ । उहाँले बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे गम्भिर विश्लेषण गरेर वस्तुगत निष्कर्ष निकालेको बताउनु भयो । मुलुकमा अलोकतान्त्रिक घट्नाक्रमहरु घटाउने कुचेष्टा र नेपाली जनताको पटक पटकको बलिदानीबाट प्राप्त गणतन्त्रका विरुद्ध गम्भिर षड्यन्त्र शुरु भएकाे निष्कर्षसमेत बैठकले निकालेकाे उहाँले बताउनु भयो ।

उहाँले संविधान र लोकतन्त्र विरोधी कामहरु वामपन्थी र कम्युनिष्टहरुको लागि सह्य नभएकोसमेत बताउनु भयो ।