काठमाडौं । गायक गोविन्द गौतमले आफ्नो नयाँ गीत ‘भिसा हातैमा’ सार्वजनिक गरेका छन् ।
गोविन्दकै शब्द, संगीत रहेको गीतलाई रोशन बालुवाले एरेन्ज गरेका हुन् । गीत गायनमा गोविन्दलाई चर्चित गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन् ।
देशमा अहिले भइरहेको युवा पलायन र त्यसबाट परिवारमा परेको प्रभावको दर्दनाक कथा देखाइएको गीतको भिडियोमा यशु भट्टराई, नविन गौतम मुख्य भूमिकामा छन् भने गुणराज श्रेष्ठ, अन्जु चौलागाईं, दीपक गौतम र करिना खड्काको समेत अभिनय रहेको छ ।
प्रमोद के भण्डारीको निर्देशनमा बनेको भिडियोलाई करण चैसिरले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोलाई ‘मौलिक रोधीघर' युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।