गायक हसन राईको 'मखमली चोली' सार्वजनिक (भिडियोसहित)

Prabhu Insurance

काठमाडौँ। गायक हसन राईको स्वरमा रहेको नयाँ गीत 'मखमली चोली' भिडियोसहित सार्वजनिक गरिएको छ ।

NECO
राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा रोशन राई 'पालुवा स्टार' को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फणिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको छ।

भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई रहेका थिए । पछिल्लो समय कार्यक्रम गरेर भिडियो सार्वजनिक गर्ने प्रचलन कम भएको छ ।  हसनको 'मखमली चोली' भिडियो सार्वजनिक कार्यक्रममा संगीतकर्मीहरुको उलेख्य उपस्थिति रहेको थियो । गीतकार आनन्द अधिकारी, संगीतकार शान्तिराम राई, संगीतकार महेश खड्का, गायक सिताराम पोखरेल, संगीतकार डक्टर किराँत, कलाकार बिष्णु रिजाल, गायक रुपकुमार राई लगायत थुप्रैको उपस्थिति रहेको थियो ।

समन अधिकारीको निर्देशनमा बनेको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन सौखिन तिमल्सिनाले गरेका हुन् । रेस्क्यु क्रियसनले निर्माण गरेको भिडियोमा कृस गुरुङ  र उषा तामाङ फिचर्ड भिडियो मौलिक बनेको छ । लाहुरेको कथामा बनेको भिडियोमा लाहुरेसँगको मायाप्रीतिको कथालाई प्रस्तुत गरिएको छ । भिडियोका निर्माता प्रयास राई हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्ने अतिथिहरुले भिडियो उत्कृस्ट बनेको र हसन राईको स्वर राम्रो भएको बताए । प्रमुख अतिथि कुलपति राईले एक प्रतिभावान गायक हसनलाई संगीत क्षेत्रले पाएको बताए । भिडियो  रोशन राई 'पालुवा स्टार' को अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियाे यस्ताे छ