काभ्रेकाे डाँडापारी विशेष : तीनतले झरनामा पर्यटकको आकर्षण बढ्दै

Kmc
  • ज्ञानमणि नेपाल कालोटोपी

च्याम्राङवेसी । काभ्रे जिल्ला बेथानचोक गाउँपालिका वडा नम्बर १ को तीनतले झरनामा अहिले पर्यटकहरुको घुईंचो लाग्न थालेको छ । बेथानचोक नारायणस्थानको फेदीमा रहेको तीनतले झर्नामा पर्यटक बढेका हुन् । केही वर्ष अघिसम्म गुमनाम रहेको यहाँ अहिले दैनिक ५० देखि १०० जनासम्मको संख्यामा पर्यटक आउने गरेका हुन् ।

NLG InsuranceNECO
यहाँको अति सुन्दर र पबित्र सफा पानीमा डुबुल्की मार्दै गर्मी भगाउन र घुमफिरको मजा लिन काठमाडांै र भक्तपुरबाट पनि आन्तरिक पर्यटक आउने गरेका स्थानीय गोपालकृष्ण सापकोटाले बताए । पछिल्ला दिनहरुमा यहाँ पालिकाले पनि पर्यटकीय क्षेत्र बनाउन पहल गरिरहेको छ । यहाँ व्यवस्थित पौडी पोखरी पनि बनाइएको छ । सँगै अग्लो पहाडबाट सदाबहाररुपमा झरिरहने झरनाले जो कोहीलाई लोभ्याउँछ ।

यहाँको झरना तला तला परेर झरेको छ । दोस्रो तलामा कुण्ड छ । यहाँ भगवान शिवको आकृति पनि रहेको छ । तर घुम्न जानेहरुले यस कुण्डमा पनि नुहाउने गरेकाले केही अनिष्ट हुन सक्ने स्थानीयहरुको भनाइ छ । त्यसैले यहाँ अलि परैबाट फोटोहरु खिच्ने व्यवस्था गर्दै कुण्डमा नुहाउन भने रोकिनु पर्ने सापकोटाको भनाइ छ । तल्लो कुण्डमा नुहाउने व्यवस्था गरि माथिल्लो कुण्डलाई संरक्षण गर्न वडा र पालिकाले ध्यान दिनुपर्ने उनी बताउँछन् ।

यसभेगमा स्थानीय रतन खोला लगायतमा पनि थप यस्तै झरनाहरु छन् । जसले गर्दा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउन सकिने भएपनि त्यहाँ पुग्ने सडक संरचना कच्ची भएकाले सोचेजति पर्यटक ल्याउन अझै सकिएको छैन । यसतर्फ बेथानचोक गाउँपालिकाले ध्यानदिइरहेको उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन् ।

यसपटक बेथानचोकमा कति बजेट ? 
वागमति प्रदेशले यसपटक बेथानचोक गाउँपालिकाका विभिन्न पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ । सडक, पुल, पर्यटक विकास, खानेपानी लगायतमा प्रदेशले बजेट छुट्याएको हो ।

१. बनेपा–पनौती–खोपासी–कामीडाँडा सडक (२ करोड, बेथानचोक–५)
२. कुनेखर्क गोल्माकोट सडक लड्कुखोला पुल (४ करोड ३० लाख, बेथानचोक–३)
३.गेल्डुङ गोल्माकोट सडक (२ करोड, बेथानचोक–३)
४. कुनेखर्क सामुदायिक भवन (१५ लाख, बेथानचोक–३)
५. खलंगा बहादुरेमुडा सडक स्तरोन्नती (२५ लाख, बेथानचोक–२)
६. च्याल्टी पुल बल्थली छिर्के काँमीडाँडा सडक (९ लाख, बेथानचोक–५)
७. बेथानचोक पार्क पूर्बाधार निर्माण (५ लाख, बेथानचोक–५)
८.डाडागाउँ मोटर बाटो (१५ लाख, बेथानचोक–४)
९. टुन्टार मुलडाँडा सडक स्तरोन्नती ( १० लाख, बेथानचोक–२)
१०. खलंगा बहादुरे मुडा डाँडाघर सडक स्तरोन्नती (२५ लाख, बेथानचोक–२) 
११. सिनागैह्रो सडक ( १० लाख, बेथानचोक–२)
१२. जडीबुटी संकलन तथा प्रशोधन खेती बिस्तार योजना (१ करोड, बेथानचोक–६) 
१३. बेथानचोक गाउँपालिका जडिबुटी प्रशोधन ( ८ लाख)
१४. पाट्नेखोला दुर्लुङखोला, लड्कुखोला, कुडुल्ले नदी नियन्त्रण ( ५५ लाख )
पाट्नेखोला, दुर्लुङ खोला नदी नियन्त्रण (बेथानचोक २ र ३, १५ लाख)
१५.च्याम्राङबेसी रतनखोला–छ्याङ छ्याङ खोला सडक ( १ करोड बेथानचोक–१)
१६. तिपचोक–पार्थली सडक ( १ करोड बेथानचोक–४)
१७. रतनखोला–झिगे खानेपानी योजना (२७ लाख ५० हजार )
१८. गेल्डुङ खानेपानी योजना (२७ लाख ५० हजार )
१९. किसान सूचीकरण कार्यक्रम ( १ लाख)
२०. मौरी प्रवर्द्धन कार्यक्रम ( १० लाख )
२१. उत्पादनमा आधारित दुधमा प्रोत्साहन कार्यक्रम ( २६ लाख ७४ हजार )
२२. बाख्रापालन प्रवर्द्धन कार्यक्रम (१० लाख बेथानचोक–२) 
२३. गाईभैंसी प्रवर्द्धन कार्यक्रम (१० लाख )
२४. तावरी बुद्ध आदर्श प्राबि (दुईकोठे शौचालय निर्माण (१० लाख, बेथानचोक–६)
२५. त्रिबेणी आबि, फुर्केथली, स्वच्छ खानेपानी व्यबस्थापन (५ लाख,बेथानचोक–१)
२५. चनदेबी आबि, स्वच्छ खानेपानी ब्यबस्थापन ( ५ लाख, बेथानचोक–१)
२६. भूमिमाता माबि, स्वच्छ खानेपानी ब्यबस्थापन ( ५ लाख, बेथानचोक–४)
२७. भिमसिनेस्वर माबि, स्वच्छ खानेपानी ब्यबस्थापन ( ५ लाख, बेथानचोक–५)
२८. बेथानचोक आबि, स्वच्छ खानेपानी व्यवस्थापन ( ५ लाख, बेथानचोक–३)

यसरी हेर्दा विभिन्न शीर्षकमा यस पालिकामा बजेट विनियोजन भएको छ । यसलाई पालिकाले कसरी व्यवस्थापन गर्छ भन्ने हेर्न भने एक वर्ष कुर्नै पर्ने देखिन्छ ।

र याे पनि पढाैं

यात्रा डायरी : विकासका थुप्रै अनुभव समेट्न बाँकी काभ्रेको ‘डाँडापारी’ (फाेटाेफिचर)