सुनको मूल्य स्थिर , कतिमा हुँदैछ कारोबार ?

Prabhu Insurance

काठमाडौं ।  स्थानीय बजारमा सुनको मूल्य आज तेस्रो दिन पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ पुगेको हो । आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो ।  त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ ।

NECO
यस्तै,चाँदीको मूल्य घटेको छ । सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।