चार महिनामा आए चार लाख बढी पर्यटक, १३ प्रतिशतले बृद्धि

Prabhu Insurance

काठमाडौं । नेपालमा पर्यटक आवागमन १३ प्रतिशतले बढेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार अप्रिल महिनामा पर्यटक संख्या १३ प्रतिशतले बढेको हो । सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका छन् । सन् २०२४ को हालसम्म ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन् । सरकारले यस वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ र मार्चमा १ लाख २८ १६७ पर्यटक नेपाल आएका थिए ।

NECO
जुन २०२३ को अप्रिलको भन्दा १२.७६ प्रतिशतले बढी हो भने कोभिड अघिको समयमा भन्दा १.८१ प्रतिशतले पर्यटक बढेको विभागको तथ्यांकमा छ । सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आएका थिए । सन् २०२० मा कोभिड र लकडाउनका कारण समिक्षा महिनामा १४ जना मात्र आएका थिए । त्यस्तै, २०२१ को अप्रिलमा २२ हजार ७३२, २०२२ मा ६१ हजार ५८९ र २०२३ मा ९८ हजार ७७३ पर्यटक आएका थिए ।

अप्रिल महिनामा सबैभन्दा धेरै भारतबाट नै पर्यटक भित्रिएका छन् । नेपालको पर्यटनमा एक तिहाइ भन्दा बढी हिस्सा भारतीय पर्यटकको हुने गरेको छ । अप्रिल महिनामा पनि भारतबाट ३० हजार १५८ पर्यटक आएका छन् । दोस्रोमा अमेरिकाबाट ९ हजार ९४७ र चीनबाट ९ हजार ७५० पर्यटक नेपाल आएका छन् । अन्नपूर्णबाट