जुम्लाको निःशुल्क आँखा शिविरमा सात सयजना लाभान्वित

Kmc

जुम्ला । सदरमुकाम खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् ।

NLG InsuranceNECO
नेपाल नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालले आयोजना गरेको तीनदिने आँखा शिविरमा यहाँका स्थानीयको आँखा जाँच गरिएको हो । रिड्ले आँखा फाउण्डेशन नेपालको आर्थिक सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त  शिविर नेत्रज्योति सङ्घको प्राङ्गणमा सञ्चालन भएको सङ्घका सचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए ।

आँखा शिविर विशेषगरी ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो । शिविरमा ४० वर्षभन्दा माथि उमेर समूहका नागरिकको सहभागिता रहेको सचिव हमालले जानकारी दिए ।

उनका अनुसार आँखाको जाँच गरिएकामध्ये एक सय २७ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शिविरमा डा कृष्णा गुरुङ र राजेश शर्माले आँखा शिविरमा जाँच तथा शल्यक्रिया गरेको सचिव हमालले बताए ।