त्रिकोणात्मक टी-२० सिरिज : नेपाल र गुजरातबीचकाे खेल आज

Prabhu Insurance

काठमाडौं । भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले बुधबार गुजरातसँग खेल्दैछ ।

NECO
लगातार दुई खेलमा विजयी नेपालले बुधबार तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।

बुधबारकाे खेल दिउँसो २ : ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ । नेपाल विश्वकपको तयारीस्वरुप गुजरात र बरोडासँग सिरिज खेल्न भारत गएको हो । नेपालले प्रतिस्पर्धा गर्ने भारतका दुवै टोली राज्यस्तरका हुन् । नेपालले अर्को खेल चैत २३ गते बरोडामा खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबिच फाइनल प्रतिस्पर्धा हुनेछ ।

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।