कांग्रेसले टुंगो लगाउन सकेन इलाम-२ मा हुने उपनिर्वाचनको उम्मेदवार

Kmc

काठमाडौं । इलाम-२ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । मंगलबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पनि उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन नसकेको हो ।

NLG InsuranceNECO
बैठकमा सहभागी एक नेताले बताए अनुसार  सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएकाले उम्मेदवारको टुंगो नलागेको हो ।

बैठकमा इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने सभापति देउवाको धारणालाई शेखर–गगन पक्षले अस्वीकार गरेको ती नेताले बताएका छन् ।

शेखर-गगन पक्ष भने इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडानमा रहेको बताइएको छ । उम्मेदवार टुंगो लगाउन बुधबार दिउँसो २ बजे पुन: बैठक बस्ने  बताइएको छ ।