साउन्ड सिष्टमहरूले फैलाउने ध्वनि प्रदूषणबारे मन्त्री लेखीले दिए यस्तो निर्देशन

Kmc

धनुषा । डीजेलगायतका साउन्ड सिष्टमहरूले फैलाउने ध्वनि प्रदूषण नियन्त्रण गर्न मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले निर्देशन दिएका छन् ।

NLG InsuranceNECO
मन्त्री लेखीले डीजेलगायतका साउन्डबाट पीडित भएको जनगुनासो आएकाले तत्काल नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

जनताले गरेका गुनासाहरू सुनाँउदै मन्त्री लेखीले ध्वनि प्रदूषनका कारण हृदय रोगीहरूलाई विभिन्न खालका समस्या भएको र एसइईका विद्यार्थीहरूलाई पठन पाठनमा समेत समस्या भइरहेकाले नियन्त्रणका लागि आवस्यक कदम लिन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश सुरक्षा समन्वय समितिको जनकपुरधाममा बसेको बैठकबाट ध्वनि प्रदूषण रोक्नका लागि प्रदेशभरिका जिल्ला प्रशासन कार्यालय, चारवटै सुरक्षा निकाय र प्रदेशभरिका स्थानीय तहलाई पत्र पठाइएको मन्त्री लेखीले बताएका छन् । मन्त्रालयले गरेका निर्णयलाई अटेर गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने उनको भनाइ रहेको छ।