रेशम चौधरी पक्षले आह्वान गरेको बैठकलाई रञ्जिताद्वारा अवैध घोषित

Kmc

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षले चैत २३ र २४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । तर उनकी पत्नीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठले भने उक्त दिन बैठक आह्वान नभएको भन्दै विज्ञप्ति जारी गरेकी छिन् ।

NLG InsuranceNECO
सत्ता गठबन्धनलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्किदै गएको नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय समितिको बैठकबारे पनि विवाद उठेको छ ।

रेशम पक्षमा रहेका महासचिव गंगाराम चौधरीले बोलाएको बैठकलाई आज मंगलबार रञ्जिताले अवैध घोषित गरेकी छिन् । उनले भनेकी छिन्, ‘ उपर्युक्त सम्बन्धमा मिति २०८० चैत्र २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधिकारी ज्यूहरूको बैठक भनि बोलाईएको बैठक नागरिक उन्मुक्ति पार्टीको आधिकारीक बैठक नभएको व्यहोरा अनुरोध गर्दछु ।

पार्टीमा विवाद चर्किदै गएपछि अध्यक्ष श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरेकी छिन् ।

मंगलबार अध्यक्ष रञ्जिता र रेशमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।