विद्यार्थीको अभावका कारण २५ सामुदायिक विद्यालय बन्द

Kmc

काभ्रे । विद्यार्थीको अभावका कारण २५ सामुदायिक विद्यालय बन्द भएको छ ।

NLG InsuranceNECO
काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा  रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा मात्रै सञ्चालनमा रहेका छन् । पाँच वर्षको अवधिमा गाउँपालिकामा २० विद्यालय बन्द भएका छन् भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका छन् ।

विद्यार्थीको अभाव भएपछि गाउँपालिका–७ स्थित विसं स्वस्थानी माध्यमिक विद्यालय २०८० साल साउन महिनाबाट बन्द भएको थियो । गाउँपालिका कार्यालयले शिक्षक र विद्यार्थीको अनुपात नपुगेको भन्दै नजिकको सृजनशील माविमा विद्यार्थीलाई अध्ययन गराउने जनाउँदै स्वस्थानी मावि बन्द गर्ने निर्णय गरेको थियो । उक्त विद्यालयमा चालु शैक्षिक सत्रका लागि ३५ जना विद्यार्थी भर्ना भएका थिए । “विद्यार्थी नहुँदा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको ले जनाएको छ ।

गाउँपालिका अध्यक्षका अनुसार उक्त गाउँपालिकाको स्वस्थानी माविझैँ अन्य प्राथमिक र निम्न माध्यमिक गरी २४ विद्यालय बन्द भइसकेका छन् । गाउँपालिका कार्यालयले नै विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि निर्णय गरी विद्यालय बन्द (स्थगन) गराइएको हो । नौवटा वडा अवस्थित गाउँपालिकाका १२ मावि तहका विद्यालयमध्ये हाल दश सञ्चालनमा रहेका छन् । गाउँपालिकाको मावि तहका स्वस्थानी र धुसेनी ग्राम विकास बन्द गरिएको हो ।  

गाउँपालिकाका शिक्षा शाखाप्रमुखका अनुसार गाउँपालिकामा प्राथमिक तहका १५ विद्यालय बन्द गरिएका छन् । यस्तै, आधारभूत तहका आठवटा विद्यालय बन्द छन् । विद्यार्थीको सङ्ख्या बर्सेनि घटेपछि गाउँपालिकाले केही विद्यालयको तह घटुवासमेत गरेको छ । आगामी शैक्षिकसत्रबाट गाउँपालिकाको दर्जनौँ विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।