‘कसैको हुन दिन्न’बाट पुरु भण्डारीको अभिनयमा डेब्यू

Kmc

काठमाण्डौ । प्रमोद खरेलको स्वरमा रहेको गीत ‘कसैको हुन दिन्न’बाट पुरु भण्डारीले अभिनयमा डेब्यू गरेका छन् । आरके परियारको शब्द/संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा पूरुसहित शिल्पा पोखरेल, विनोद कठायतको मुख्य भूमिका देख्न सकिन्छ ।

NLG InsuranceNECO
भिडियोमा पुरु र शिल्पाको प्रेम सम्बन्धमा आएको दरारलाई देखाइएको छ । विभिन्न सिरियलमा अभिनय गरेको अनुभव बटुलेका पुरुको यो पहिलो म्युजिक भिडियो हो । चित्रा मास्की मगरको निर्देशनमा रहेको सो म्युजिक भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला