सल्लेरी । तल्लो सोलुखुम्बुको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी अक्टोबरमा ट्रेल म्याराथन आयोजना गरिने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर सर्वाधिक राशिको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ तीन लाख राशिको उक्त प्रतियोगिताको घोषणा गरिएको हो । सोलुखुम्बुको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय ट्रेल म्याराथनको आयोजना गरिएको प्रतियोगिताका संयोजक भुवनसिंह राईले बताए ।
त्रिचालिस किलोमिटर म्याराथनमा १६ वर्षमाथिका स्वदेशी तथा विदेशी महिला पुरुषले भाग लिन सक्नेछन् । म्याराथनका शीर्ष तीन विजेतालाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना पाँच / पाँच जना धावकलाई पाँच/पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । महिला र पुरुषतर्फको प्रतिस्पर्धा विजेतालाई समान पुरस्कारको व्यवस्था मिलाइएको छ ।