काठमाडौं । युनानमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको देहोङ दाईको मङ्सी शहर र जिङपो स्वायत्त प्रान्तमा शनिवार बिहान १ः३६ मिनेटमा ५.० म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको हो ।
१० किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु २४.२६ डिग्री उत्तर अक्षांश र ९८.०८ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । लिंकाङ शहर, बाओसान सहर र डालीबाई स्वायत्त प्रिफेक्चर लगायतका प्रान्तका धेरै ठाउँमा भूकम्पको धक्का महशुस गरिएको थियो ।
भूकम्पको केन्द्र युनानको राजधानी कुनमिङबाट ४७६ किलोमिटर टाढा रहेको प्रान्तीय भूकम्प मापन ब्युरोले जनाएको छ ।