बुटवल–भैरहवा सडक खण्डमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

Kmc

लुम्बिनी । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्ड अन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित ड्राइभरटोलमा आज मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

NLG InsuranceNECO
मोटर साइकलमा मणिग्रामतर्फ जाँदै गरेका रुपन्देहीका सहकारी अभियन्ता माधव देवकोटा सवार लु४९प २२३० नंको मोटर साइकललाई तिलोत्तमा नगरपालिकाको ड्राइभर टोलमा ना६ख ८१६१ नं ट्रकले ठक्कर दिँदा देवकोटासँगै मोटर साइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकारसमेत रहेका देवकोटा सङ्घले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।