माइतीघरदेखि बानेश्वरसम्म एक महिना लामो निषेधाज्ञा, के–के गर्न पाईंदैन ?

Kmc

काठमाडौं । सरकारले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा एक महिने निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आजको निर्णय बमोजिम माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा आजैदेखि लागू हुनेगरी ३० दिन लामो निषेधाज्ञा आदेश जारी भएको हो ।

NLG InsuranceNECO
मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न रोक लागेको छ ।

नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्न लागेका थिए ।

तर एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेको हो ।

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो ।

यस्तो छ विज्ञप्ति