झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

Kmc

काठमाडौँ । तिहार र छठपछि आज खुलेको शेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ ।
    
आज दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री हुँदा रू एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ बराबरको कारोबार भएको छ ।

NLG InsuranceNECO
आज होटल तथा पर्यटन समूह एक दशमलव ८३, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ९१, लघुवित्त समूह एक दशमलव ४२ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बढ्नेमा भने व्यापार समूह एक दशमलव ४२ र विकास बैंक समूह एक दशमलव २६ प्रतिशतले बढेको छ ।
    
आजको कारोबारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।
    
शेयरका सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू सात करोड ३६ लाख २५ हजार छ सय ६६ कित्ता शेयर किनबेच भएको छ भने कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको दुई लाख २४ हजार ८६ कित्ता शेयर किनबेच भएको छ ।