चलचित्र निर्माता नेपाली दुर्घटनामा घाइते

Kmc

काठमाडौंँ । फिल्म निर्माता किरण नेपाली कार दुर्घटनामा परि घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँ फर्किने क्रममा आइतबार दिउँसो उनी चढेको कार सिन्धुलीको चौकीटार भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

NLG InsuranceNECO
पिच गर्दै गरेको बाटोमा ढुंगा छल्न खोज्दा कार सडकबाट ५० मिटर तल झरेको थियो । घाइते नेपालीलाई आइतबार साँझ नै ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

दुर्घटनामा आफ्नो हात, खुट्टामा चोट लाग्नुको अलवा ढाडको हड्डी समेत भाच्चिएको निर्माता नेपालीले बताए । कार उनका साथी राजु थापामगरले चलाएका थिए । थापा मगर भने सामान्य घाइते भएका छन् ।

निर्माता नेपालीले फिल्म ‘पोई पर्यो काले’, ‘२ नम्बरी’ र ‘हात्तीछाप’ निर्माण गरेका छन् । उनको निर्माण रहेको फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।